काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ ।
जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।
सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।









