images
images
images

सार्वजनिक सम्पत्तिको क्षति रोक्न राति १० बजेपछि सेना परिचालन हुने घोषणा

काठमाडौँ- नेपाली सेनाले सार्वजनिक सम्पत्तिमाथिको तोडफोड र लुटपाट रोक्न १० बजे रातिदेखि सेना परिचालन गर्ने घोषणा गरेको छ।

विषम परिस्थितिको फाइदा उठाई केही समूहले सार्वजनिक सम्पत्तिमा क्षति तथा लुटपाट गरिरहेकाले त्यसलाई रोक्न सडकमा आउने घोषणा सेनाले गरेको हो।

त्यसपछि सुरक्षा स्थितिको थप मूल्यांकन गरिने पनि सेनाले स्पष्ट गरेको छ।