images
images
images

जेनजीको बैठकमा राजा फर्काउने चर्चा!

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि जाने समिति बनाउन तथा छलफलका एजेन्डा तय गर्न बैठक बसिरहेका जेनजीहरूमाझ राजा फर्काउने चर्चा पनि चलेपछि केही छलफलबाट बाहिरिएका छन्।

जेनजी अभियन्ता रक्षा बमले केही सैद्धान्तिक विषयमा मतभेद भएपछि आफू बैठक छाडेर बाहिरिएको जानकारी दिएकी छन्।

 

‘बैठकमा राजा फर्काउनेसम्मका कुरा उठेपछि केही जेनजीहरूले बैठक छाडेका छन्,’ बैठकमा सहभागी एक जेनजी अभियन्ताले भनिन्।

बैठकमा मुख्यगरी कोको वार्तामा जाने र कसलाई अन्तरिम सरकार प्रमुख बनाउने भन्नेबारे छलफल भइरहेको छ।

केही सदस्य भने अहिलेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउनुपर्ने धारणा राखिरहेका छन् भने केही भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह वा कोही साझा नाममा सहमति बनाउन आग्रह गरिरहेका छन्।

जेनजीका अनुसार वार्ताका लागि समिति बनाएर एजेन्डा स्पष्ट भएपछि उनीहरू राष्ट्रपति पौडेल र सेनाप्रमुख अशोकराज सिग्देलसँग औपचारिक वार्तामा बस्नेछन्।