images
images
images

बिहीबार बिहान वार्तामा आउन जेनजी प्रतिनिधिहरूलाई सेनाको आह्वान

काठमाडौं- नेपाली सेनाले जेनजी प्रतिनिधिहरूसँग बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको छ।

कतिपय जेनजी प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अन्तरिम सरकार प्रमुखका रूपमा प्रस्ताव गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरेका छन्।

धरानबाट काठमाडौँ आएका धरानका मेयर हर्क साम्पाङले बुधबार साँझ सेनाप्रमुख अशोकराज सिग्देलसँग भेटेका छन्। भेटमा सैनिक प्रमुख सिग्देलले पनि कार्कीको नाममाथि छलफल भइरहेको जानकारी गराएका थिए।

सेनाले बुधबार साँझ जंगीअड्डा बाहिर रहेका युवालगायत जेनजी प्रतिनिधिहरूलाई माइकिङ गरेर बिहीबार बिहान आउन भनेको हो।  सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।

बिहीबार बिहान नेतृत्वकर्ताको नाम र फोन नम्बर दिन सेनालाई सम्पर्क राख्न पनि सेनाले माइकिङमा भनेको हो। ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला,’ माइकिङमा भनेका थिए।

बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए ।