images
images
images

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु

काभ्रेपलाञ्चोक– रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका हुन्।

एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए। ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’, प्रमुख जिल्ला अधिकारी थापाले भने।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ। अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए।