images
images
images

गगन थापाले भने- हाम्रै गल्तीले यो सबै भयो, समाधान संविधानबाटै खोजौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार बिहान एक भावुक भिडियो सन्देश जारी गर्दैआफू पछिल्ला घटनाक्रममा आफूसहित सत्तारूढ दलहरूबाट गल्ती भएको स्वीकार गरेका छन्। अहिलेको विजय पश्चातापमा नबदिलिओस् भनी उनले सबैसँग अनुरोध पनि गरेका छन्।

उनले आफूले सामाजिक सञ्जाल बन्द नगर्न धेरै प्रयास गर्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको पनि बताए।

उनले आफूहरूबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने वाचा गरेका छन् । “बीचमा हामीबाट जे गल्ती, कमजोरी भएका छन्, त्यसका लागि माफी माग्छु । सुध्रने वाचा गर्छु । सच्याउँछौँ । तर, अहिलेको यो अवस्थालाई सम्हालने कुरामा अनुरोध गर्छु,” उनले भनेका छन् ।

उनले ‘जेनजी’को आक्रोशप्रति पनि माफी मागेका छन् । “म तपाईंहरूको फ्रस्टेसन बुझ्छु । मेरो ठाउँबाट जति गर्नुपर्थ्यो, त्यो गर्न नसेकोमा सबैभन्दा पहिले माफी माग्छु,” उनले भनेका छन् ।

थापाले यही भदौ २३ गते १९ जना मारिँदा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै घटनाप्रति माफी मागेका छन् ।

उनले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयपछि आफूले दबाब सिर्जना गर्दा पनि केही हुन नसकेको बताएका छन् । शीर्ष तीन नेता नहटाए अब देश चल्दैन भनेर आफूले भन्दै आए पनि त्यसानुसार हुन नसकेको उनले उल्लेख गरेका छन् ।

उनले पटकपटक आफ्नो गल्तीका लागि माफी माग्दै भनेका छन्। ‘म सुध्रिने बाचा गर्छु, अहिलेको विषम परिस्थितिलाई सम्हाल्नुस्, हामी मिलेर सम्हालौँ, उनले भनेका छन्।

उनले चिनिएकै पार्टीका मान्छेहरू र मास्क ढाकेका मान्छेले आफ्नो घर जलाएको र केही सहृदयीहरूले आफू र आफ्ना वृद्ध बुवाआमा र परिवारलाई बचाएको भन्दै धन्यवाद पनि दिएका छन्।