काठमाडौँ- नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई आफ्नो संवेदनशील प्रणाली सुरक्षित राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकारको रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२ भदौ २५ गते जारी विज्ञप्ति नम्बर १६ अनुसार सीमित कर्मचारीबाट मात्र आवतजावत हुने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यसैगरी, सम्बन्धित संस्थाले आफ्ना शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।










