images
images
images

सुन्धारा र नख्खु कारागारबाट भागेका कैदी खोज्दै प्रहरी

काठमाडौं -केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागारबाट भागेका कैदीलाई प्रहरीले खोज्न थालेको छ । जेनजीको प्रदर्शनका क्रममा देशभर आगजनी र तोडफोड हुन थालेपछि सुन्धारा र नख्खु कारागारबाट कैदीबन्दी भागेका थिए ।

सुन्धारा र नख्खु कारागारसँगै अन्य जिल्लाका कारागारबाट भागेका कैदीको पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझी, बेचन झासहित तीन हजार कैदी भागेका थिए । मंगलबार बेलुका उनीहरू कारागारबाट बाहिरिएका थिए । नख्खु कारागारबाट रवि लामिछानेलगायत निस्किएका थिए ।

जेलको गेटमा आएर प्रदर्शनकारीले प्रदर्शन गर्दै गेट खोलिदिएपछि सबै कैदी बाहिरिएका थिए ।