काठमाडौं– भ्रष्टाचार, अनियमितता र वेथितिविरुद्ध भएको जेन–जी आन्दोलन र त्यसपछिका हिंसात्मक घटनामा परी अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ३४ पुगेको हो । आज विहान मात्रै दुई वटा शव फेला परेका छन् ।
यस्तै हालसम्म १३ सय ६८ जना घाइतेहरुको उपचार भइरहको मन्त्रालयले जनाएको छ । देशभरका ४१ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।
३ सय २१ जना नयाँ व्यक्ति अस्पतालमा भर्ना भएको मन्त्रालयले जनाएको छ । घाइतेहरुमध्ये ९ सय ४९ जना डिस्चार्ज भएका छन् ।









