काठमाडौँ – नेपाली सेनाले काभ्रेमा फेला परेका ८ वटा सकेट बमलाई निष्क्रिय बनाएको छ।
काभ्रेको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको हो।
सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना, डोटीको बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दी, धादिङ कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरू नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ।
यस्तै, नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। त्यसक्रममा क्रममा एकजना घाइते भएका छन्।
हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियार बरामद गरिएको छ।









