images
images
images

हामी निरीह भयो, अब कांग्रेस पूरै फेरिनुपर्छ: गगन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार बिहान एक भिडियो सन्देश जारी गर्दै अब आफ्नो पार्टी पूर्णतया: फेरिनुपर्ने बताएका छन्। उनले आफ्नो पार्टी अब समुदायमा फर्कनुपर्ने बताएका छन्।

उनले नेपाली कांग्रेसलाई पुनर्गठन गर्दै यसका लागि आफू ७७ वटै जिल्लामा आउने पनि बताएका छन्।

पार्टीको काम गर्ने तरिका परिवर्तन गर्नुपर्ने उनले बताएका छन्।

उनले पार्टीको शुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको बताएका हुन्।

उनले अहिले भएका गल्तीको दोष आफूसमेत पार्टी नेतृत्वलाई दिँदै कांग्रेस फेरिन नसक्दा यो दुर्गति भएको बताएका छन्।

उनले अब नेपाली कांग्रेस पूर्णतया: पुनर्गठन हुनुपर्ने पनि बताए।

उनले पार्टीका सबै संयन्त्रहरूको पुनर्गठन गर्नुपर्ने उल्लेख गर्दै राज्यका निकायमा भएका दलीयकरण पनि हटाउनुपर्ने भिडियोमा उल्लेख गरेका छन्।

उनले नयाँ पुस्ताले नेपाली कांग्रेसलाई मन नपराएको प्रस्ट देखिएको पनि बताए।  अहिलेको अवस्थामा पार्टीको कार्यालय, नेताको कार्यालय र पार्टी सभापतिलगायत नेताहरूमाथि आक्रमण हुँदा नेपाली कांग्रेसले निरीहता महसुस गरेको पनि उनले बताए।

उनले अहिलेको जेनजीले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसले सहयोग गर्ने तर संविधानभन्दा बाहिरबाट नजान पनि आग्रह गरेका छन्।