images
images
images

जेन–जीको अडानः संसद् विघटन हुनैपर्छ

काठमाडौँ – जेन–जी आन्दोलनकारीहरूले संसद् विघटन हुनैपर्ने अडान लिएका छन्।

कांग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलहरूले संसद् विघटन गर्न नहुने बताइरहेका बेला जेन–जीहरूले संसद् विघटन हुनैपर्ने आफूहरूको माग रहेको स्पष्ट पारेका हुन्।

जेन–जी आन्दोलनको प्रतिनिधि मञ्ज ‘हामी नेपाल’ले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत संसद् विघटन हुनुपर्ने र सबै निर्णय प्रक्रियामा जेन–जीको सहमागिता सुनिश्चित हुनुपर्ने बताएको हो।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आजै विज्ञप्ति जारी गर्दै संसद् विघटन गर्न नहुने बताएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलसमेत संसद् विघटनको पक्षमा नदेखिएपछि जेन–जीले संसद् विघटनको माग दोहोर्‍याएका हुन्।