images
images
images

राष्ट्रपतिका प्रतिनिधिसँग वार्ता नगर्ने जेन–जीको अडान

काठमाडौँ – जेन–जी आन्दोलनकारीहरूले राष्ट्रपतिसँग सोझै वार्ता गर्ने अडान लिएका छन्।

‘हामी नेपाली’ फेसबुक पेजबाट आफ्ना धारणा सार्वजनिक गर्दै जेनजी आन्दोलनकारीका एक प्रतिनिधि सुदन गुरुङले राष्ट्रपति पौडेललाई ९ घन्टादेखि पर्खिरहेको तर वार्ताका लागि नआएको बताएका हुन्।

उनले भनेका छन्- हामी राष्ट्रपतिसँग कुरा गर्न चाहन्छ्। राष्ट्रपतिका प्रतिनिधिसँग कुरा गर्दिनँ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना प्रतिनिधि तथा सल्लाहकारहरूलाई वार्ताको जिम्मेवारी दिएका छन्। उनले एक्ला एक्लै वार्ता नगर्ने र वार्तामा आफू जेन–जीको टोलीसहित उपस्थित हुने बताएका छन्।