काठमाडौँ – तीनकुने स्थित प्रहरी वृत्तमा लुटपाट र आगजनी गर्ने मध्येका एक सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन् ।
प्रहरी चौकी तीनकुने लगायतका ठाउँबाट लुटिएको गोली, दुई वटा म्यागेजिन, हतकडीसहित उनी पक्राउ परेका हुन् ।
त्यस्तै लाहानका विसान शाह, सुरज यादव, प्रदीप यादव, निरज सिंह, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहका सन्तोष मण्डल पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट लुटिएका सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैबीच सर्वोच्च अदालतको सुरक्षाका लागि तैनाथ प्रहरी गणबाट ९ थान हतियार कब्जा भएका छन् ।
अदालतमा आगो लगाइएपछि प्रदर्शनकारीले ती हतियार लुटेर लगेकामा थिए । सिसिटिभी फुटेज र सामाजिक सञ्जाल तथा मिडियामा आएका भिडिओका आधारमा हतियार लुट्नेमा संलग्न व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ ।









