images
images
images

देश सकारात्मक दिशातर्फ अघि बढोस् : शेखर गोल्छा

काठमाडौं, २७ भदौ – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना साकार होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जेनजी आन्दोलनका क्रममा व्यवसायीहरूलाई लक्ष्य बनाइएका केही वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको उल्लेख गरेका छन् । तर, यस्तो घटनाले आफू र आफ्नो परिवारलाई निराश वा विचलित तुल्याउन नसकेको स्पष्ट पारेका छन् ।

“आजको सुनौलो बिहानसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सबल होस् भन्ने कामना गर्दछु । हामी अझै पनि रोजगारी सिर्जना र लगानीमा सशक्त रूपमा प्रतिवद्ध छौँ,” उनले लेखेका छन् । गोल्छाले अन्धकारपछि आउने उज्यालोले सबै नेपालीलाई सद्भाव र एकताको बल प्रदान गरोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।