काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्।
आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्।
शपथपछि शितल निवासमै बस्ने मन्त्रिपरिषदले संसद विघटनका लागि सिफारिस गर्नेछ।








