images
images
images

कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराएका हुन्।

जेनजीको आन्दोलनका कारण कांग्रेस एमालेको दुई तिहाइको सरकार ढलेपछि ६ महिनाभित्र चुनाव गराउने शर्तमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन्।

कार्कीलाई राष्ट्रपति पौडेलले संविधानको धारा ६१ उद्धृृत गर्दै नियुक्त गरेको राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेले जानकारी दिए।

धारा ६१ को उपधारा ४ मा राष्ट्रपतिले पाएको जिम्मेवारीका आधारमा कार्की नियुक्त भएकी हुन्। ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन कुरा उल्लेख छ।
जहाँ भनिएको छ, ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।’

त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ ।