images
images
images

छ महिनाभित्र निर्वाचन गर्ने गरी प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छन्।

उनले शुक्रबार राति राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएकी हुन्।

कार्कीलाई राष्ट्रपति पौडेलले आजै नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

संसद् विघटन गर्नुपर्ने जेन–जी आन्दोलनकारीको मागमा राष्ट्रपति पौडेल सहमत भएसँगै कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र निर्वाचन गर्नेगरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ।