images
images
images

ललितपुर र भक्तपुरमा अझै कर्फ्यू र निषेधाज्ञा

काठमाडौँ- काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिइएको छ।

दुवै जिल्लाका प्रशासन कार्यालयहरूले शान्ति सुव्यवस्था कायम राख्न र जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्नका लागि यस्तो कदम चालेको जनाएका छन्।

यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ अनुसार जारी गरिएको हो। जारी सूचनाअनुसार, आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।

यस्तै, बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

अत्यावश्यक काम परेका व्यक्तिहरूले भने बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाउनेछन्।

यसैबीच, काठमाडौंमा भने नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञाको समय सकिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यस विषयमा बिहान साढे ९ बजेसम्म कुनै नयाँ सूचना जारी गरेको छैन।