images
images
images

अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गरौँ : श्रेष्ठ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु आजको मूल मुद्दा हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै विभिन्न चार माग अघि सार्दै उनले पहिलो बुँदामै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन्।

साथै उनले भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना तथा व्यावसायिक, निजी संरचना ध्वंस गर्ने तत्त्वहरू पनि छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुपर्ने बताएका छन्।

भ्रष्टाचारीहरूमाथि कारबाही गरी सुशासन कायम गर्न र २०४७ सालदेखि सरकार, संसद् र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पत्ति छानबिन गरी अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न पनि उनले माग गरेका छन्।

राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन्।