images
images
images

काठमाडौँमा निषेधित क्षेत्र कायमै, कर्फ्यू हट्यो

काठमाडौँ– जेन-जी युवाहरूले प्रदर्शन भड्किएपछि काठमाडौँमा जारी कर्फ्यू र निषेधाज्ञा शनिबारदेखि हटेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँकाअनुसार तर २६ गते जारी गरिएको निषेधित क्षेत्र भने कायमै छ। विभिन्न सम्वेदनशील क्षेत्रमा निषेधित क्षेत्र प्रशासनले तोकेको थियो।

कर्फ्यू र निषेधाज्ञा हटेपछि काठमाडौँको जनजीवन सामान्यतर्फ फर्किँदै गएको छ। सडकमा सवारीचाप बढ्न थालेको छ। मानिसहरूको आवतजावत पनि देखिन थालेको छ।

फाटफुट रुपमा सार्वजनिक सवारी सधानसमेत चल्न थालेको छ। शुक्रबार मात्र अन्तरिम सरकारका रुपमा देशले सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा पाएको छ।

उनले आइतबार पदभारग्रहण गर्ने र मन्त्रीमण्डल गठन गर्ने तयारी गरेकी छन्। कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै संसद्‌ भंग गरिएको छ।