काठमाडौँ— जेन-जी युवाहरूले अन्तरिम सरकार मन्त्रीहरू भोटङ प्रकृयाबाटै छनोट गर्ने भएका छन्। मन्त्रीका लागि क-कसको नाम अगाडि सारिएको भन्नै खुलेको छैन।
तर जेन-जी आन्दोलनका गुवा सुद गुरुङले प्रधानमन्त्री जस्तै मन्त्रीहरू पनि भोटिङ प्रकृयाबाट छनोट गरिने जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद्को आकार सानो हुने पनि जानकारी दिए।
२३ र २४ भदौको आन्दोलनपछि २५ गते जेन-जी युवाहरूको भएको ‘भर्चुअल’ मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए।
कार्की शुक्रबार राती प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। उनी आइतबार भदभारग्रहण गर्ने तयारीमा छिन् भने मन्त्रीमण्डल गठनको तयारीमा पनि छिन्।









