काठमाडौं – नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे पदभार ग्रहणको कार्यक्रम तय भएको छ ।
गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथपछि तत्काल पदभार ग्रहण गर्ने योजना भए पनि शपथमा ढिलाइ हुँदा कार्यक्रम स्थगित भएको थियो ।
आन्दोलनका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्षति पुगेकाले कार्की हाल आफ्नै निजी निवासबाट कामकाज गरिरहेकी छन् ।









