काठमाडौं – जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुन (मार्च ५)मा चुनावको मिति घोषणा गरेको छ ।
पछिल्लो राजनीतिक विकासक्रममा सेलिब्रेटीले चासो दिइरहेका छन् । यसअघि प्रायः राजनीतिक मुद्दामा मौनप्रायः रहने कलाकारले यसपटक भने खुलेरै जेनजी आन्दोलनको मागमा समर्थन जनाइरहेका छन् ।
राजेश हमाल हुन् या अनमोल केसी । अघिपछि मौन रहने यी कलाकारले यसपटक खुलेरै जेनजीको पक्षमा मत जाहेर गरे ।
पहिलो महिला प्रधानमन्त्रीको रुपमा कार्की नियुक्त भएपछि खासगरि अभिनेत्री वृत्तमा अहिले खुसीयाली छाएको छ । अभिनेता जसिता गुरुङले त सरकारले घोषणा गरेको आउँदो चुनावलाई सफल पाउन सामाजिक संजालबाट आग्रह गरेकी छन् ।
जसिता अभिनित फिल्म ‘जेरी अनटप’ प्रदर्शन तयारीमा छ ।









