काठमाडौँ – महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्।
जेन–जी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि महान्यायाधिवक्ता बडालले पनि राजीनामा दिएका थिए।
बडालले भदौ २४ गते नै राजीनामा दिएको बताइएको छ। तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।









