काठमाडौँ – जेन जेड अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।
गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरू खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।
मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरूको उत्तर दिइरहेका थिए ।
तर, अचानक उनलाई बाहिरबाट प्रेसमिटमा छिरेका व्यक्तिले सोध्छन्, ‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईँहरूले कार्यान्वयन गर्न सक्नुभएको छ ? तपाईँहरूले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईँहरूलाई ?’
यसपछि सुधनले सोध्छन्, ‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त ।’
प्रश्नकर्ताले भन्छन्, ‘अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन् ।’ सुधनले भन्छन्, ‘हामी फेरि आन्दोलन गर्छौ । आउनै दिन्नौँ । नेताहरूलाई घरबाट निस्कनै दिन्नौँ ।’ सुधन यतिमै रोकिँदैनन्, ‘एक छिन ल गाइज’ भन्दै थप्छन्, ‘मैले मान्छे मारेको होइन नि त ।’
प्रश्नकर्ताको प्रश्नले सुधन रिसाउँछन् । चिच्याउँदै बोल्छन्, ‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन रु आगलागी हामीले गरेको हो ? हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो ।’ यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ । सबै मान्छे आ-आफ्नै सुरमा बोल्न सुरु गर्छन् । सुधन पोडियमबाट बाहिरिन्छन् ।
पत्रकारमाथिसमेत हातपात भएको बुझिउको छ।
यसअघि सहभागीहरूको प्रश्नको जवाफ दिनुअघि गुरुङले आफूले आन्दोलनको नेतृत्व नगरेको तर आन्दोलनको अन्त्यका समयमा आफूले भूमिका निभाएको बताएका थिए।
गुरुङको नेतृत्वमा जेन-जी प्रतिनिधिले अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गरेका थिए। वार्ता गर्दा भएको घटनाकाबारेमा पनि उनले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।
पत्रकार सम्मेलनमा पत्रकार ऋषि धमलाले पनि सहजीकरण गरेका थिए।









