images
images
images

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ – वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छ्न्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीले भण्डारी महान्यायाधिवक्ता नियुक्त भएको जानकारी आफूले पाएको देश सञ्चारलाई बताए।

यससँगै भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्।