images
images
images

आगजनी र तोडफोडमा हाम्रो संलग्नता छैनः माओवादी

काठमाडौँ –  नेकपा (माओवादी केन्द्र) ले जेनजी पुस्ताको आन्दोलनमा भएको तोडफोड तथा आगजनीमा आफ्नो पार्टीका कार्यकर्ता संलग्न नरहेको दाबी गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै आगजनी र तोडफोडमा आफ्नो पार्टीका कार्यकर्ता संलग्न नरहेको जिकिर गरेका हुन्।

यदि संलग्न भएको पाइए कारबाही गर्न तयार रहेको उनले बताएका छन्।

विज्ञप्तिमा भनिएको छ,’हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौँ। तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौँ।’