images
images
images

सुदन गुरुङ समूहद्वारा मध्यरातमा बालुवाटारमा नाराबाजी, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ।

मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका हुन्।

जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे ।

पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री बनाउने तयारी गरिएको छ । गुरुङ समूहले अर्यालको नामप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूले सुरु गरेको आन्दोलनको अरूले ‘हाइज्याक’ गरेर मन्त्री बन्ने तयारी गरेको आरोप लगाएका छन् ।