images
images
images

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय

काठमाडौं–नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन्।

आज पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन्।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए। तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो।

साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन्।