images
images
images

युवाहरूको आकांक्षालाई संबोधन गर्नेगरी पार्टीले रोडम्याप बनाइसकेको थियो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युवाहरूका आकांक्षालाई सम्बोधन गर्न पार्टीले रोडम्याप तयार पारिसकेको जानकारी गराएका छन्।

 

उनीहरूले केही धैर्य गरेको भए उनीहरूका आकांक्षा एमालेले पूरा गर्ने पनि उनले दावी गरे।

गत भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा च्यासलस्थित पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीको अवलोकनका लागि पुगेका उनले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा लामो छलफल भएको उल्लेख गरे।

उनले निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना तयार पारेका तर विडम्बना एमालेले ती योजनाहरू व्यवहारमा लागु गर्न नपाउँदै मुलुकमा दुःखद् घटना घटेको बताए।

उनले अब सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने पनि बताए।