काठमाडौं -सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली स्वरूप आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको थियो। ती मृतकप्रति सम्मान प्रकट गर्न र शोक मनाउन सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।
साथै सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको हो









