images
images
images

डण्डुराज घिमिरे सचिवमा बढुवा

काठमाडौं – मन्त्रिपरिषद्‌को सोमबारको बैठकले वरिष्ठ सहसचिव डण्डुराज घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव घिमिरेलाई बढुवासँगै गण्डकी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ । ५८ वर्ष उमेर हदका कारण उनले आगामी २ वर्ष सचिवको जिम्मेवारी सम्हाल्नेछन् । गण्डकी प्रदेश सरकारका तत्कालिन प्रमुख सचिव शोभाकान्त पौडेल महालेखा नियन्त्रणको जिम्मेवारीमा आएपछि गण्डकी प्रदेश सरकारको प्रमुख सचिव पद रिक्त रहेको थियो ।

निजामती सेवाको सबैभन्दा तल्लो तह खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका घिमिरेले सचिवसम्म आइपुग्दा ३६ वर्ष सेवा गरिसकेका छन् । २ वर्ष सचिवको कार्यकाल पुरा गर्दा ३८ वर्षे निजामती सेवा पुरा गरेर अवकाशमा जानेछन् ।