images
images
images

राष्‍ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं – राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२:०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि जेनजी समूहको प्रस्ताव सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छन्।