images
images
images

जल्दो हिल्टन होटलको पछाडि छानबिनमा नायक – दोषी दिलभुषण पाठक

काठमाडौं – पत्रकार दिलभुषण पाठकले दर्ता नै नभएको युट्युबमा राखेको गलत सूचनाले गर्दा ४ सय करोडभन्दा धेरैको लगानी रहेको हिल्टन होटल जलेर समाप्त भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाका छोरा जयवीर देउवाको लगानी रहेको होटल भनेर भ्रामक, गलत र मिथ्या सूचना राखेका कारण हिल्टन होटल जलेर ध्वस्त भएको छ । सामाजिक सञ्जालमा दिलभुषण पाठकका कारण हिल्टन होटल जलेको भनेर आलोचना भइरहेको छ । दिलभुषण पाठकलाई कारबाहीको माग उठेको छ । पाठकका कारण हिल्टन होटल र कांग्रेसका सभापति देउवाको परिवारले अकल्पनीय क्षति व्यहोर्नु परेको छ ।

अन्तर्राष्ट्रिय ब्राण्डको हिल्टन होटलमा करीव २ सय करोडको क्षति भएको प्रारम्भीक अनुमान रहेको कर्मचारीहरूले बताएका छन् । निजी लगानीकर्ताहरूले नेपालमा होटल, उद्योग व्यवसायमा लगानी भित्र्याइरहेका बेला दिलभुषण पाठक जस्ता गैरकानूनी हर्कत गर्ने व्यक्तिहरूका कारण ठूलो क्षति भएको छ । अपूरणीय नोक्सानी भएको छ । कांग्रेसका सभापति देउवाको परिवारमाथि दिलभुषण पाठक जस्ता व्यक्तिले क्षति पु¥याएका छन् ।

हिल्टन होटलमा आगो लगाएर क्षति गर्ने व्यक्तिहरूभन्दा ठूलो अपराध पत्रकार हुँ भन्ने दिलभुषण पाठकले गरेको सामाजिक सञ्जालमा छरपस्ट भएका छन् । दिलभुषण पाठकमाथि कारबाहीको माग उठेको छ । हिल्टन होटलमा सभापति देउवाको परिवारको नाम जोडेर बद्नाम गरेका कारण जेनजी आन्दोलनका बेला घुसपैठ गर्ने समूहले सभापति देउवा र नेतृ डा.आरजु राणाको ज्यान लिने गरेर हिंसात्मक आक्रमण गरेका छन् ।

पत्रकार प्रकाश तिमिल्सिनाले लेखेका छन्, ‘हिल्टन होटल जल्नुको मुख्य दोषी दिलभुषण पाठक हो, उसैको फेक युटयुबका कारणले सबैभन्दा ठूलो ब्रान्ड एक निमेषमा धवस्त भयो । यो त खासमा टंकेको मित रहेछ ।’

हिल्टन होटलमा भएको क्षतिपूर्ति दिलभुषण पाठकले दिनेपर्ने माग उठेको छ । दिलभुषण पाठकमाथि क्षतिपूर्तिको माग लिएर अदालतमा जान हिल्टन होटलका सञ्चालकहरूलाई सामाजिक सञ्जालबाट सुझावहरू दिइएका छन् । हिल्टन होटलले कुनै अपराध गरेको थिएन । राज्यलाई कर तिरेको थियो । सयौं व्यक्तिलाई रोजगारी दिएको थियो । लगानी भित्र्याएको थियो । कुनै दोष नभएको हिल्टन होटल जल्दा कसलाई फाइदा भयो ?