images
images
images

नारायणीको बाढीले सुस्तामा आठ घर विस्थापित, ८० जोखिममा

काठमाडौँ – नारायणी नदीको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारू टोलका आठ घर विस्थापित भएका छन् ।

बाढीका कारण थारू टोलका अन्य ८० घर पनि विस्थापित हुने अवस्थामा पुगेका छन् । अहिले तीन वटै सुरक्षा निकाय र स्थानीय तहले उद्धार कार्य जारी राखिरहेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले जानकारी दिए ।

तीनतर्फ नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्ती बाढीका कारण प्रायः हरेक वर्ष जलमग्न हुने गरेको छ । हाल नदीको पानी सतह घट्दो क्रममा रहेकाले जोखिम केही कम हुँदै गएको एक भण्डारीले बताए ।

लगातार वर्षाका कारण आएको बाढीले सुस्ता बस्ती नजिकै कटान समेत गरेको छ ।