images
images
images

सीके राउतलाई नेतृत्व छोड्न जनमतका पदाधिकारीसहितका नेताको २४ घण्टे अल्टिमेटम

काठमाडौँ– जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन्।

पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गरेर सो माग गरेका हुन्।

जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएकाे हाे।

उनीहरूको राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा.शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले रहेका छन्।

Janamat-1-723x1024-1758109492.jpg

Janamat-2-723x1024-1758109492.jpg