काठमाडौँ – उर्जा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले दशैंअघि भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको स्याफ्रुवेसी–रसुवागढी सडक सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । उनको निर्देशनपछि सडक विभागले तातोपानी र टिमुरे क्षेत्रमा नयाँ ट्रयाक खोल्न थालेको छ। जटिल भूगोल र वर्षाले काममा कठिनाइ भए पनि अबको १० दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी छ।
गत असार र साउनमा आएको बाढीले उक्त सडक खण्डको करिब १।९ किलोमिटर भाग कटान गरेको थियो, जसका कारण साउन १४ गतेदेखि यातायात अवरुद्ध छ।










