काठमाडौं-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा पैसा भेटिएको कुरालाई उनको निजी सचिवालयले खण्डन गरेको छ।
भदौ २४ गते भएको प्रदर्शनका क्रममा घरबाट पैसैपैसा भेटिएको तथा पैसाको सुरूङ जस्ता कपोकल्पित समाचारप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
देउवाका स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले भ्रम फैल्याइएको बताएका छन्।











