निवर्तमान प्रधानमन्त्री केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्।
शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओली बिहीबार बाहिर निस्किएका हुन्।
ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष ओली भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडामा लिएर बस्न थालेका छन्।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो।










