काठमाडौँ–नेपाल प्रहरीले हाल देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी गराएको छ।
बिहान ९ बजेसम्मको तथ्यांकअनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन्।
सङ्खुवासभामा अविरल वर्षाका कारण मकालु गाउँपालिका–३ एकुवा र भोजपुर गाउँपालिका– ४ वरुण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यता रसुवामा पहिरोका कारण नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका– २ सडक खण्ड अवरुद्ध भएको छ। सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण भोटेकोशी गाउँपालिका– २ कोदारी मा सडक अवरुद्ध भएको छ।
त्यस्तै चितवनको इच्छाकामना–५ तुइनखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध छ।
सुचना हेर्नुहोस:











