images
images
images

नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन गर्ने भएको छ। नेप्सेले मंगलबारबाट अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्ने भएको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेमा पत्र पठाएको थियो। सोही आधारमा यस्तो गणना विधि स्थगित गरिएको नेप्सेले जनाएको छ।

नेप्सेमा २ः४५ देखि ३ बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ। यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ भन्ने व्यवस्थालाई स्थगन गरी अनि कारोबार मूल्यका आधारमा अन्तिम सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको नेप्सेले जनाएको छ।

गत फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौँथो संशोधन), २०८१ संशोधन गरी उक्त विनियमावलीको विनियम ११ उपविनियम (७) मा  २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो।