काठमाडौं -अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई मातृशोक परेको छ। उनकी आमा सूर्यकुमारी थापाको आइतबार बिहान काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय सूर्यकुमारी दम र स्वासप्रश्वासबाट ग्रसित रहेको परिवारले जनाएको छ।
उनको वि.सं. १९९५ साउनमा जन्म भएको थियो। सूर्यकुमारीका दुई छोरा र चार छोरी छन्। जसमध्ये जेठा छोरा क्याप्टेन थापा हुन् भने कान्छा छोरा रमेश थापा नेपाल प्रहरीका एसएसपी हुन्।
परिवारका सदस्यका अनुसार सूर्यकुमारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।










