images
images
images

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटायो, सिलवाल नियुक्त

काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने र मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि केपी ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो।

जेन–जी आन्दोलनपछि सरकार परिवर्तन भएसँगै घिसिङ उर्जा तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्। घिसिङकै प्रस्तावमा मन्त्रिपरिषद्ले शाक्यलाई हटाएको हो।