काठमाडौँ- नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। मन्त्रीहरूमा राष्ट्रिय आविष्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्व न्यायाधीश अनिल सिन्हा, तत्कालीन राज्य पुन:संरचना समितिका संयोजक मदन परियार र डा. संगीता मिश्रा रहेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार विज्ञान तथा प्रविधि मन्त्रीमा पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश सिन्हा, कृषिमन्त्रीमा परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा खरेललाई सिफारिस गरेकी थिइन्। जसमध्ये मिश्राको शपथ आज ‘होल्ड’ भएको छ।
कर्मचारीहरूको विरोध र अख्तियारमा उजुरी परेको पाइएको कारणले उनकाे शपथ ग्रहण स्थगित गरिएको हो। अन्य नवनियुक्त मन्त्रीहरूले दिउँसो २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।










