images
images
images

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री रामेश्वर खनाललाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थपेकी छन्। यससँगै खनाल अब दुई मन्त्रालयका जिम्मेवार बनेका छन्।

मन्त्रिपरिषद्मा यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएको कानुन मन्त्रालय कटौती गरिएको छ। अब अर्याल गृह मन्त्रालयमै सीमित हुने भएका छन्। कानुन मन्त्रालय सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ।

मन्त्रिपरिषद् हाल ८ सदस्यीय रहेको छ। कुलमान घिसिङ र सिन्हाले तीन-तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खनाललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ। डा. मदन परियारलाई कृषि, महावीर पुनलाई शिक्षा र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बाँकी मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री सुशीला कार्कीकै हातमा रहनेछ।