काठमाडौँ-:प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा ४ नयाँ मन्त्रीहरूले सोमबार राष्ट्रपतिसमक्ष शपथ लिएका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले ४ मन्त्री नियुक्त गर्नुका साथै केही मन्त्रालयमा हेरफेरसमेत गरेका छन्।
नयाँ सरकारमा पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल छन् । दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र यातायात, तथा सहरी विकास मन्त्रीको जिम्मेवारी कुलमान घिसिङ रहेका छन् ।
तेस्रो वरीयतामा गृहमन्त्रीको पदमा ओमप्रकाश अर्याल, चौथो वरीयतामा उद्योग, कानुन र भूमि मन्त्रीको पदमा अनिल सिन्हा, पाँचौँ वरीयतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, छैटौँ वरीयतामा कृषि मन्त्री मदन परियार र सातौँ वरीयतामा सञ्चार मन्त्रीको जिम्मेवारी जगदीश खरेललाई दिइएको छ।










