काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा ५ महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । आज मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खरेलले यस्तो निर्णय गरेका हुन्।
उनको यो निर्णय अनुसार, काठमाडौं बाहिरका प्रमुख १० शहरका प्रमुख सार्वजनिक स्थलहरूमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ। मन्त्री खरेलले यो कदमलाई डिजिटल जमानाको महत्वपूर्ण कदमको रूपमा हेरिएका छन् ।
पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।










