images
images
images

जेन जेडको माग भ्रष्टाचार नियन्त्रण र सेवा सुधार हो, कर्मचारीले दक्षता र इमानदारी देखाउनुपर्छ : मन्त्री खनाल

काठमाडौँ – अर्थ मन्त्रीसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर खनालले आज मध्यान्ह मन्त्रालयमा पद बहाली गरेका छन्। पद बहाली कार्यक्रममा उनले कर्मचारी प्रशासनलाई जनमुखी र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याउँदै पारदर्शिता, दक्षता र इमानदारीलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिए।

पद बहालीपछि संक्षिप्त निर्देशन दिँदै उनले अवाञ्छित इच्छा नराख्ने स्पष्ट गर्दै भने, “जेन जेड पुस्ताले भ्रष्टाचार नियन्त्रण र सेवा सुधार नै माग गरेको हो। तलब–सुविधा कम भयो भन्ने बहानाबाजी गर्नु उचित होइन।” उनका अनुसार कर्मचारीले दक्षता र इमानदारीमार्फत मात्र सेवा सुधार सम्भव छ र त्यसकै आधारमा जनताको विश्वास निर्माण हुन्छ।

खनालले विगतका कमजोरीका कारण कर्मचारीहरूको क्षमता पूर्ण रूपमा प्रस्फुटन हुन नसकेको औँल्याउँदै अब भने कर्मचारीको आत्मसम्मानमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले जोड दिँदै भने, “कर्मचारीले आफ्नो काममा इमानदारी र उत्तरदायित्व देखाए मात्र जनताको विश्वास जित्न सकिन्छ।”