images
images
images

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री कार्की भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार पतन भएसँगै प्रधानमन्त्री बनेकी थिइन्।

जेन–जीको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।